स्थगित भएका १६ मदतान केन्द्रमा अझै सुरु भएन मतदान


काठमाडौं । बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान जारी छ। बेलुकी ५ बजेसम्म हुने मतदानका लागि बिहानैबाट मतदाताहरु लाइनमा बसेर मतदान गरिरहेका छन् ।

प्रहरीका अनुसार दिउँसो २ बजेसम्म देशभरमा जम्मा ६३ ठाउँमा मतदान स्थगित भएको थियो। ६३ मध्ये ४७ ठाउँको मतदान पुनः सुचारु भइसकेको प्रहरीले जनाएको छ ।

१६ ठाउँमा अझै मतदान सुचारु हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । प्रदेश १ को १३, मधेश प्रदेशको २, बागमती प्रदेशको १३, गण्डकी प्रदेशका ४ स्थानमा, लुम्बिनी ८, कर्णाली ७ र सुदूरपश्चिमका १५ र उपत्यकाको १ स्थानमा मतदान स्थगित भएको थियो ।

जसमध्ये, प्रदेश १ को ११ स्थान, मधेश प्रदेशको २, बागमती प्रदेशको १०, गण्डकी प्रदेशको ३, लुम्बिनी प्रदेशको ७, कर्णाली ६, सुदूरपश्चिम ७ र उपत्यकामा १ स्थानमा मतदान सुचारु भइसकेको छ ।

प्रकाशित : २०७९ मंसिर ४, आईतवार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ