मधेशका अर्थमन्त्री हराएर विजयी जनमतका सिंहले भने– यो जीत जनताको हो


जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र २ (१)मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई जनमत पार्टीका सतिश कुमार सिंह पराजित गरेका छन् ।

सिंहले ८ हजार ४४२ मतान्तरले अर्थमन्त्री समेत रहेका जसपा उम्मेदवार साहलाई पराजित गरेका हुन् । पराजित साहलाई नेकपा एमालेको पनि समर्थन थियो ।

विजयी भएका सिंहले १६ हजार ७३४ मत ल्याएर विजयी हुँदा साह ८ हजार २९२ मै रोकिए । पराजित भएका साह मुख्यमन्त्रीको दावेदार पनि थिए ।

विजय हासिल गरेपछि प्रतिक्रिया दिँदै उनले आफ्नो जित जनताको भएको बताए । उनले अब नयाँ तरिकाले जनताले दिएको म्यान्डेड अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाए ।

यसअघि सप्तरी प्रदेशसभा क्षेत्र २ (२)बाट जनमत पार्टीकै महेश यादव निर्वाचित भइसकेका छन् । उनले पनि सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता समेत रहेका पूर्वमन्त्री उमेश यादवलाई पराजित गरे ।

प्रकाशित : २०७९ मंसिर ६, मंगलवार १६:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ