विमलेन्द्र निधीलाई धक्का ! धनुषा ३ मा झालाई हराएर महतो विजयी


जनकपुरधाम । धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो निर्वाचित भएकी छन् ।

जसपासंग गठबन्धन गरेको एमालेकी उनी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरिन् ।

महतोले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुंदा सत्ता गठबन्धनका उम्मेदवार झा २३ हजार ६८६ मा रोकिए । ०७४ मा यो क्षेत्रबाट लोसपाका राजेन्द्र महतो विजयी भएका थिए । उनी सर्लाहीबाट चुनाव लडेपछि झा यो क्षेत्र रोजेका थिए ।

विगतमा पटक पटक जितेका विमलेन्द्र निधी ०७४ मा पराजित भए । उनी चुनाव हार्ने डरले यो पटक समानुपातिकतर्फ गए । तर झालाई चुनाव जिताउन उनी महिनौदेखि जनकपुरमा डेरा जमाएका थिए । तर एमालेकी महतो विजयी भएपछि निधीलाई ठूलो धक्का लागेको छ ।

प्रकाशित : २०७९ मंसिर ९, शुक्रबार ०८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ