विवाह पञ्चमी महोत्सवः भोली मधेस प्रदेशमा सार्वजनकि विदा


वीरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको छ ।

विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक विदा दिईएको जानकारी दिएका छन् ।

त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।

प्रकाशित : २०७९ मंसिर ११, आईतवार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ