धनुषा ४ मा एमाले सचिव महासेठ बाजी मार्ने सम्भावना बढ्यो


जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमाले सचिव रघुवीर महासेठ बाजी मार्ने सम्भावना बढेको छ । महासेठले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवसँग मतान्तर घटाएपछि बाजी मार्ने सम्भावना बढेको हो ।

मिथिला नगरपालिकाको वडा नम्वर ११ को मत मात्र गणना गर्न बाँकी रहँदासम्म कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले ३१ हजार ३१६ मत पाएका छन् । मतगणना सुरु भएदेखि नै अघि पछि भइरहेका एमालेका सचिव महासेठले ३१ हजार २१ मत पाएका छन् । महासेठ २९५ मतले पछि छन् ।

गणना गर्न मात्र बाँकी रहेको मिथिला नगरपालिका ११ मा एमालेको मत बढी आउने सम्भावना छ । यो वडामा काँग्रेसभन्दा एमालेको संगठन धेरै मजबुत रहेको बुझिएको छ । त्यसैले यो वडाबाटै महासेठ बाजी मार्ने सम्भावना रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : २०७९ मंसिर १३, मंगलवार ०८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ