ग्रेडरले कुल्चिँदा एक छात्राको मृत्यु, विद्यार्थीले पारे सडक अवरुद्ध


कैलाली । कैलालीको धनगढीमा ग्रेडरले कुल्चिएर एक छात्राको मृत्यु भएको छ। पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

साउदको मृत्यु पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका छन् ।

उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका छन् । बिहान धनगढी उपमहानगरपालिका ५ तारानगरकी चेतना साउदको हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७९ मंसिर १५, बिहीबार १४:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ