सार्वजनिक विद्यालयलाई सरकारले बस प्रदान गर्ने


काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ठूला विद्यालयलाई बस प्रदान गर्ने भएको छ ।

केन्द्रको वार्षिक कार्यक्रम अनुसार समायोजन भएर बनेका ठूला विद्यालयलाई अनुदान स्वरुप बस प्रदान गर्ने जनाएको हो ।

केन्द्रले दुई वा दुई भन्दा बढी विद्यालय समायोजन भई तराईमा १८ सय, पहाडमा १२ सय र हिमालमा ६ सय विद्यार्थी भएका विद्यालयलाई बस प्रदान गर्ने जनाएको छ ।

केन्द्रले बस सञ्चालन गर्न चाहने विद्यालयलाई १५ दिन भित्र प्रस्ताव पेश गर्न सुचित गरेको छ ।

https://www.youtube.com/watch?v=lRjPeZ6q8wM

प्रकाशित : २०७९ मंसिर १६, शुक्रबार १६:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ