रौतहटमा छात्रालाई दुव्र्यवहार गर्ने शिक्षकमाथि ढुंगामुढा, प्रहरीले हवाई फाइर गरेर उद्धार गरे


जनकपुरधाम । रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित श्री जनता माध्यमिक विद्यालयका एक शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले नियन्त्रणमा लिएर कुटपिट गर्न खोज्दा अवस्था तनावग्रस्त बन्यो ।

कक्षा ५ मा अध्ययनरत एक बालिकालाई शिक्षक बिजय सिंहले दुव्र्यवहार गरेको विद्यार्थीहरुको आरोप छ । आरोप लागेपछि शिक्षक सिंहलाई विद्यार्थीले नियन्त्रणमा लिएर कुटपिट गरिरहँदा प्रहरी पुगेर उद्धार गरेको बुझिएको छ ।

प्रहरीले शिक्षक सिंहलाई उद्धार गर्ने क्रममा विद्यार्थीहरु ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फाइर गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी माधव यादवले जानकारी दिए ।

उनका अनुसार छात्रालाई शिक्षकले दुव्र्यवहार गरेको विषयमा उजुरी आएको छैन । अहिले शिक्षक सिंहलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान सुरु गरिएको उनले बताए ।

https://www.youtube.com/watch?v=uHuy569i2fg&t=13s

प्रकाशित : २०७९ मंसिर २१, बुधबार १७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ