काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा समानुपातिकतर्फ ५ जनाको नाम बुझाएको छ।
शनिवार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको हो । जसपाबाट प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान समानुपातिकमा परेका छन् ।
जसपासहित राष्ट्रिय दल बनेका सात पार्टीले शनिवार समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।
दलहरूले बुझाएको समानुपातिक सांसदहरूको सूची सच्याउन आयोगले दुई दिनको समय दिएको छ ।