सिरहा १ (२) : नवनिर्वाचित प्रदेश साँसद गुप्ताद्वारा धर्मशालाको शिलान्यास


धर्मेन्द्र पासवान, लहान । मधेश प्रदेश स्थितसिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ३ हरिनगर गाउँको गोरियारी टोलमा धर्मशालाको शिलान्यास गरिएको छ ।

https://www.youtube.com/watch?v=UavR8GRZ9ng&t=12s

भर्खरै सम्पन्न भएको निर्वाचनमा मधेश प्रदेश सभाको लागि सिरहा १ (२) नवनिर्वाचित प्रदेश सभा सदस्य राज कुमार गुप्ता (राजु)ले धर्मशालाको शिलान्यास गरेका छन् ।

निर्वाचित भएको महिना नबित्दै जनमुखी कार्यक्रम प्रति प्रदेश सभा सदस्य गुप्ता अग्रसर भएको देखिन्छ । एक तले धर्मशाला बनाउनका लागि मधेश प्रदेश सरकारको २५ लाख बजेट विनियोजन गरेको थियो । उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको धर्मशाला आगामी चैत मसान्तसम्म निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

प्रदेश सभा सदस्य गुप्ता स्वयं पनि लक्ष्मीपुर पतारी गाउँपालिकाको गृह वासी समेत रहेका छन् । उनले यो धर्मशाला निर्माण भएसंगै विहेबारी, ब्रतवन्ध, सभा-सम्मेलन वा कुनै पनि कार्यक्रम गर्नको लागि गाउँबाट टाढा रहेको बजारहरूमा धाउने समस्याको अन्त्य हुने विस्वास लिएका छन् ।

साथै कुनै प्राकृतिक प्रकोपको समस्या आएको बेला समेत पनि यो धर्मशालाको प्रयोग गर्न सकिने तर्क गरेका छन् । यो धर्मशालामा ५ सय जना अट्ने जानकारी गराइएको छ ।

https://www.youtube.com/watch?v=ztL5Qc-XPEg

 

प्रकाशित : २०७९ मंसिर २८, बुधबार १०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ