सिरहाको मिर्चैयामा महिला हत्या- संलग्न एक युवक पक्राउ, आन्दोलन स्थगित


सिरहा । मिर्चैया नगरपालिका २ की एक महिलाको हत्या भएको छ । छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा मंगलवार ३० वर्षीया लक्ष्मीनिया कापरको शव फेला परेको हो ।

https://www.youtube.com/watch?v=ztL5Qc-XPEg&t=1s

स्थानीयका अनुसार घटनास्थलको प्रकृति हेर्दा बलात्कारको प्रयास पश्चात कापरको हत्या गरेको देखिन्छ । तर प्रहरीले भने घटना कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार मृतक कापर पात टिप्न भन्दै जंगल गएकी थिइन् ।

हत्यापछि आफ्न्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग घण्टौंसम्म अवरुद्ध पारे । आन्दोलनमा उत्रेका मृतकका आफ्न्त र स्थानीय टायर बालेर प्रहरी प्रशासनविरद्ध प्रदर्शन गरेका थिए । घटनामा संलग्न रहेको भन्दै आन्दोलनमा उत्रेकाहरुले एक यूवकलाई नियन्त्रणमा लिएर कुटपिट गर्न खोज्दा प्रहरीसँग झडप समेत भएको थियो ।

हत्या विरोधमा गरिएको आन्दोलनले दिउँसो ४ बजेदेखि करिब ३ घण्टासम्म राजमार्ग अवरुद्ध भयो । पछि प्रहरीले घटनामा संलग्न रहेको आरोप लागेका शंकर मण्डललाई पक्राउ गरेको र अन्यलाई पनि तत्कालै पक्राउ गरी कानून बमोजिम कारबाही गर्ने आश्वासन दिएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको बुझिएको छ ।

https://www.youtube.com/watch?v=UavR8GRZ9ng&t=13s

प्रकाशित : २०७९ मंसिर २८, बुधबार ११:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ