किसानका समस्या समाधान गर्न अलगै संयन्त्र निर्माण गर्न मधेशी आयोगको आग्रह


काठमाडौं । किसानका समस्याप्रति सरकार गम्भीर नहुनु चिन्ताजनक विषय भएको मधेशी आयोगले निष्कर्ष निकालेको छ ।

https://www.youtube.com/watch?v=UavR8GRZ9ng&t=15s

आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिरको अन्तिम समयसम्म पनि किसानको धान सरकारका सरोकारवाला निकायले खरिद नगर्नु नकारात्मक पक्ष रहेको जनाएको हो ।

सरकारले धानको मूल्य निर्धारण गरे पनि खरिद नगर्दा किसानले बिचौलियालाई कम मूल्यमा बाध्यात्मक रुपमा बेच्नुपरेको कुरा गम्भीर र जटिल समस्या रहेकोसमेत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले विगतका दिनमा पनि किसानले मल र खाद्यका लागि आन्दोलन गर्नुपरेको बताउँदै अबका दिनमा यस्ता समस्यालाई सरकारले अलगै संयन्त्र बनाइ समस्या समाधान हुने गरी काम गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण पनि गराएको छ ।

https://www.youtube.com/watch?v=ztL5Qc-XPEg&t=4s

 

प्रकाशित : २०७९ मंसिर २८, बुधबार १३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ