रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघरमा मौन धर्ना


काठमाडौं । टीकापुर घटनामा दोषी ठहर थारू नेता रेशम चौधरीलगायतको रिहाइको माग गर्दै नागरिक उन्मुक्ती पार्टीले माइतीघरमा मौन धर्ना दिएको छ ।

नेता चौधरी राजबन्दी भएको भन्दै रिहाइको माग गर्दै शुक्रबार नागरिक उन्मुक्ति पार्टीले मौन धर्ना दिएको हो । सरकारले ल्याएको अध्यादेश कार्यान्वयन गर्नसमेत माग गरेका छन् ।

https://www.youtube.com/watch?v=_b6SZDD0iJI&t=22s

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने, दुई वर्षे नाबालकसहित प्रहरी र सशस्त्र बलका ८ जनाको मृत्यु भएको थियो ।

घटनामा ८ जनाको ज्यान गएपछि उक्त आन्दोलनका मुख्य योजनाकारको अभियोगमा रेशम चौधरी र उनका सहयोगी आन्दोलनकारीलाई दोषी ठहर गर्दै जेल चलान गरिएको थियो ।

प्रकाशित : २०७९ पुष १, शुक्रबार १५:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ