महोत्तरीमा स्यालको आक्रमणबाट ७ जना घाइते, २ को अवस्था गम्भीर


जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका ७ बनौलीमा स्यालले आक्रमण गर्दा सात जना घाइते भएका छन् ।

मंगलबार साँझ स्यालले सात जना माथि आक्रमण गरी घाईते बनाएको वडाध्यक्ष वडाध्यक्ष मधुवेन्द्र झाले जानकारी दिए । उनका अनुसार घाईते हुनेमा दुई महिला समेत रहेकी छन् ।

https://www.youtube.com/watch?v=SvgYn7ulBvI&t=78s

स्यालको आक्रमणबाट विल्टु मण्डल, शिवशंकर साह, रुदल साह, दिनेश ठाकुरसहितका घाइते भएका छन् । तिमध्ये दुईजनाको अवस्था भने गम्भीर रहेकोले उपचारका लागि जनकपुर ल्याइएको छ ।

अन्य पाँचजना सामान्य घाइते भएको र उनीहरूको उपचार स्थानीय क्लिनिकमा भइरहेको वडाध्यक्ष झाले बताए ।

प्रकाशित : २०७९ पुष ६, बुधबार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ