लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए ।

संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

प्रकाशित : २०७९ पुष ६, बुधबार १५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ