रवि लामिछाने भन्छन्– सरकारमा हामी जाने या नजाने होइन, एजेन्डा जाने या नजाने मुख्य हो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा सहभागी हुने नहुने भन्दा पनि आफूहरूले उठाएका एजेन्डा सहभागी हुने या नहुने भन्ने मुख्य प्रश्न रहेको बताएका छन् ।

‘व्यक्ति जाने अथवा पार्टी सहभागी हुने भन्दा पनि एजेन्डा सहभागी हुने हो । त्यो एजेन्डा पूरा हुने प्रतिबद्धताको आवश्यकता हो,’ बिहीबार संघीय संसद् भवन परिसरमा लामिछानेले भने ।

संसद् भवन प्रवेश गर्दै गर्दा आफूले निकै ठूलो जिम्मेवारी थपिएको महसुस गरेको लामिछानेले बताए ।

प्रकाशित : २०७९ पुष ७, बिहीबार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ