माओवादी संसदीय दलको नेतामा प्रचण्ड, हितराज पाण्डे प्रमुख सचेतक


काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ ।

पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ । प्रमुख सचेतक भने हितराज पाण्डे बन्ने भएका छन् ।

त्यस्तै बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २०७९ पुष ७, बिहीबार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ