मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहालाई प्रचण्डले पार्टीमा भित्र्याए


जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार साँझ प्रदेशसभा सदस्य कुशवाहाले पार्टीमा भित्र्याएका हुन् । सर्लाही ३ ९१० बाट निर्वाचित उनी माओवादीमा प्रवेश गर्न प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए ।

कुशवाहा प्रवेश गरेसँगै मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।

मधेशमा ज्यानमारा चिसो, हेर्नुहोस् भिडिओ

प्रकाशित : २०७९ पुष १४, बिहीबार ११:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ