भोलिदेखि नेपालमै फाइभजी ! यसरी गर्नुस् निःशुल्क अनुभव


काठमाडौं । सरकारी स्वामित्वको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले भोलिदेखि फाइभजी परीक्षण सुरु गर्ने भएको छ ।

अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट यो सेवाको परीक्षण गर्न लागेको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको करिब दुई वर्षपछि फाइभजी ट्रायल अघि बढ्न लागेको हो ।

यो पनि हेर्नुहोस् :

त्यसपछि क्रमशः देशका सातै प्रदेशमा फाइभजी परीक्षण गरिने टेलिकमले जनाएको छ । परीक्षण अवधिमा ग्राहकले निःशुल्क रुपमा फाइभजीको अनुभव लिन सक्नेछन् ।

प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट सुरु गर्ने कम्पनीको योजना छ ।

प्रकाशित : २०७९ पुष १६, शनिबार १०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ