आलु खेतमा आधा शरिर गाडिएको अवस्थामा भेटियो यादवको लाश


सुनसरी । सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ ।

कोसी २ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए । किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो ।

उनी मंगलबार दिउँसोदेखि हराइरहेका थिए । उनी घरबाट लौकही गएको र हराएका थिए । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : २०७९ पुष २१, बिहीबार १३:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ