कम्प्यूटर अपरेटर यादवविरुद्ध मुद्दा दायर, ११ हजार घुस लिएको आरोप


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ हजार रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर संजयप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले असोज ३१ गते ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार उनले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग भदौमा ६ हजार रुपैयाँ घुस लिएका थिए ।

उनले ११ हजार घुस लिएको पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा यादवलाई ११ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवानाको सजाय मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित : २०७९ पुष २२, शुक्रबार १४:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ