प्रदीप यादवले भने- प्रचण्डलाई विश्वासको मत दिन्छौं, शंका नगर्नुस्


काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् ।

संसद भवनमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको बताए ।

प्रकाशित : २०७९ पुष २२, शुक्रबार १७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ