मधेशः गुणस्तरहीन घ्यू उत्पादन गर्ने राजेश पक्राउ


पर्सा । गुणस्तरहीन घ्यू उत्पादन गर्ने एक जनालाई पर्सा प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ का राजेश राय छन् ।

आफ्नै घरमा गणपति रिप्याकिङ उद्योग, गणपति पूजा सामग्री रिप्याकिङबाट मिसावट गरी तयार पारिएको २० केजीको तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २६० लिटर, विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६१३ लिटरसहित रायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रायमाथि नापतौल गुणस्तरीय कार्यालय वीरगन्ज तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

प्रकाशित : २०७९ पुष २३, शनिबार १०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ