पोखरामा विमान दुर्घटनापछि देशभरको उडान प्रभावित


काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि काठमाडौंबाट देशभरको उडान प्रभावित बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनापछि पोखरा विमानस्थलसहित देशभरका सबै उडान स्थगित गरिएको जानकारी दिए । अन्य गन्तब्यमा जाने विमानहरु पनि ढिला गरी उडिरहेका छन् ।

आइतबार बिहान दुर्घटनामा परेको जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए ।

 

प्रकाशित : २०७९ माघ १, आईतवार १५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ