पोखरा विमान दुर्घटना: अस्पताल लगिएका सबैको मृत्यू भएको घोषणा


काठमाडौं । कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डा. नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिए ।

‘अहिलेसम्म अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित हुनुहुन्न। सबै अस्पतालबाट तथ्यांक लिँदा अहिलेसम्मको अवस्था यो छ’, श्रेष्ठले भने । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।

प्रकाशित : २०७९ माघ १, आईतवार १५:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ