Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बारामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

टुडे खोज लेखक टुडे खोज
माघ २, २०७९, ४:०६ PM
0
बारामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

वीरगञ्ज । बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिका-१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो । उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । शरीरमा समान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार थिए ।

आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना.२६ प.२२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो । मोटरसाईकलमा तीन जना सवार थिए ।

दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । दुर्घटनाको बारेमा सोमबार बिहान २ बजे मात्रै खबर पाएको प्रहरीले जनाएको छ । प्रहरी टोली पुग्दा मोटरसाईकल थलही खोलामा नै भेटिएको थियो ।

कासिम र ताही भेटिएका थिएनन् । खोजतलासको क्रममा कासिमलाई बिहान ९ बजे घटना स्थल भन्दा २ किलोमिटर दक्षिणतर्फ खोला किनारमा घोप्टो परेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी तहिदको शव दिउँसो १२: ५० बजे पुलभन्दा १ सय मिटर दक्षिण तर्फ खोलाको मध्य भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

ऋण तिर्न नसक्दा सप्तरीका रामदेव मरिकले गरे आत्मह’त्या !

ताजा समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

सामुहिक हत्या आरोपमा जेलमा रहेका अफताब रौतहट २ मा कांग्रेसबाट उम्मेदवार सिफारिस

अफताब आलमले जेलभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध