जसपा तत्काल सरकारमा नजाने, सभामुखबारे भोलि निर्णय गर्ने


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको वुधबार बसेको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने भएको छ । पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने तय भएको छ ।

आज पनि अध्यक्ष उपेन्द्र यादवले कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

प्रकाशित : २०७९ माघ ४, बुधबार १७:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ