Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

ऋण तिर्न नसक्दा सप्तरीका रामदेव मरिकले गरे आत्मह’त्या !

टुडे खोज लेखक टुडे खोज
माघ ११, २०७९, ९:५३ AM
0

राजविराज । छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक मृत भेटिएका छन् । परिवारका अनुसार दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेव किस्तासमेत तिर्न नसक्दा तनावमा थिए ।

सोमबार राति खाना खाएर सुतेका उनलाई घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान स्थानीयले देखेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

२० वर्षीय जेठो छोरा राजकुमार मरिकको गत वैशाख १ मा भारतबाट विवाह गरेका थिए । विवाह गर्न रामदेवले गाउँमै ब्याजमा ऋण लिएका थिए, त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिलादेवीलाई वित्तीय संस्थामा आबद्ध गराए । उर्मिलादेवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए ।

किस्ता चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ । यस्तै, गाउँमै रहेको महुली लघुवित्त वित्तीय संस्थाबाट १५ हजार रुपैयाँ ऋण लिएकामा ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी छ ।

हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको छोरा राजकुमारले बताए । किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए ।

तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको हुन सक्ने छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । जिल्ला प्रहरी सप्तरीका डीएसपी नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

खानेपानी मन्त्री बने जनमत पार्टीका अब्दुल खान

जनमत पार्टीका अब्दुल उद्योग मन्त्रालय नै पाउने !

ताजा समाचार

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

राजकिशोर यादवको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

जनकपुरः प्रहरीको हिरासत तोडेर भागेका ६ जनामध्ये तीनजना पक्राउ

सामुहिक हत्या आरोपमा जेलमा रहेका अफताब रौतहट २ मा कांग्रेसबाट उम्मेदवार सिफारिस

अफताब आलमले जेलभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप

फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ ! ग्यास भने घट्यो

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

रवि लामिछाने नागरिकता पाउन योग्य नेपाली नागरिक हुन्ः रविन्द्र मिश्र

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध