Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

टुडे खोज लेखक टुडे खोज
माघ १८, २०७९, ५:११ PM
0
जनकपुर : हेडमास्टर गोहिवारमाथि कालो रंग फ्याकेर विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा तालाबन्दी

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका ७ धवौलीमा रहेको एसएनआर जनता माविका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुले दुर्व्यवहार गरेका छन् ।

पठनपाठन अस्तव्यस्त पारेको र करोडौं रूपैया भ्रष्टाचार गरेको भन्दै विद्यार्थीले प्रधानाध्यापक गोहिवारमाथि कालो रंग फालेर दुर्व्यवहार गरेका हुन् । विद्यार्थीले प्रधानाध्यापक गोहिबारमाथि कालो रंग दल्नुका साथै विद्यालयमा तालाबन्दीसमेत गरे ।

पठनपाठन सुधार्न र हरहिसाब सार्वजनिक गर्न पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको विद्यार्थी सुजितकुमार मण्डलले बताए ।

उनले भने, ‘यस्तो हेडसर हामीलाई चाहिँदैन । विद्यालयमा कुनै नियम नै छैन । सरस्वती पूजामा घटना हुँदा पनि केही गर्नुभएन ।’ भवन निर्माण, छात्तवृत्ति र पोशाक वितरण, कम्प्यूटर खरिद लगायतका शिर्षकमा प्रधानाध्यापक गोहिवारले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उनले आरोप लगाए ।

अर्का विद्यार्थी जयकिसन पासवानले कक्षाकोठा समेत सफा नहुने गरेको गुनासो गरे । उनले भने, ‘४/५ दिन भयो लोखर्के (लुखी) मरेको । तर, अहिलेसम्म क्लास सफा गरिएको छैन । गन्हाइरहेको छ ।’

उनले प्रधानाध्यापक गोहिवार चरम लापरबाही गर्ने गरेकाले अर्को प्रधानाध्यापक नआएसम्म विद्यालयमा तालाबन्दी जारी राख्ने चेतावनी दिए । उनले छात्रवृत्ति वितरण र पाठ्यपुस्तकको भर्पाई, धानबालीबाट भएको आम्दानी र खर्च विवरण, खाजा व्यवस्थापन खर्चको विवरणलगायत सबै हरहिसाब सार्वजनिक गर्नुपर्ने पनि माग गरे ।

प्रधानाध्यापक गोहिवारमाथि अभिभावकहरू पनि आक्रोश पोखेका छन् । अभिभावक दीपेश यादव भन्छन्, ‘उहाँ (प्रधानाध्यापक) आएदेखि अहिलेसम्म अभिभावक भेला गर्नुभएको छैन । यो विद्यालयमा उहाँले चरम लापरबाही गर्नुभएको छ । त्यसैले विद्यार्थीहरुले गरेको कारबाही सही हो ।’

अभिभावक यादवले पनि सरकारले बालबालिकाका लागि खाजाको व्यवस्था गरिए पनि प्रधानाध्यापक गोहिवारले कहिल्यै खाजा नखुवाएको बताए । उनले विद्यालयको रुख बिरुवाहरू अनधिकृतरूपमा कटान गरी रूपैयाँ चलाएको पनि प्रधनाध्यापक गोहिवारमाथि आरोप लगाए ।

सम्बन्धित समाचार

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध