प्रहरीले कुटेका डाक्टरसँग राष्ट्रपतिले क्षमा माग्नुपर्छ : ज्ञानेन्द्र शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रपतिको सवारीका बेला ट्रमा सेन्टरका डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।

शाहीले विज्ञप्ती निकालेर राष्ट्रपतिको सवारीका बेला बाटो हिँडेको निहुँमा डाक्टर कुट्नु अपराध भएको बताउँदै प्रहरीलाई कारबाहीको माग गरेका हुन् ।

उनले यो प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमनागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनशील मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु घोर आपत्तिजनक र निन्दनिय कार्य भएको बताएका छन् ।

उनले यो घटनामा राष्ट्रपतिले डाक्टरसँग माफी माग्नुपर्ने पनि बताएका छन् । उनले सोधेका छन्, ‘सम्माननिय राष्ट्रपतिलाई सम्मान दिनु पर्छ तर जनतालाई सास्ती दिएर गरेको सम्मानको के अर्थ के ?’

 

प्रकाशित : २०७९ माघ २८, शनिबार १४:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ