भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य, नेपाली बजारमा नघटाउने मुडमा निगम


काठमाडौं । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ। डिजल लिटरमा ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएको छ।

यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको भाउ लिटरमा ३र३ रुपैयाँ बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ । सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले स्वदेशी बजारमा पेट्रोलियम पदार्थको भाउ बढाएपछि यसअघि निगम १५ दिनमा ९ करोड रुपैयाँ नाफामा गएको थियो । बिहीवारको नयाँ मूल्यसूचीपछि भने निगम १ अर्ब रुपैयाँ हाराहारी नाफामा जाने देखिएको छ ।

भारतबाट मूल्य घटेर आएपनि निगम पेट्रोलियम पदार्थको मूल्य नेपाली बजारमा घटाएर बेच्ने पक्षमा देखिँदैन । बक्यौता तथा ऋण तिर्न बाँकी रहेको भन्दै निगमका अधिकारी मूल्य घटाउन चासो देखाएका छैनन् ।

प्रकाशित : २०७९ फाल्गुन ४, बिहीबार १५:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ