इमरजेन्सी ब्लक र दलित सामुदायिक भवनको शिलान्यास


जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रमा ईर्मजेन्सी ब्लक र दलित सामुदायिक भवनको शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा)ले वडा नम्वर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गनमा ईमरजेन्सी ब्लक र सोही वडामा रहेको दलित बस्तीमा सामुदायिक भवनको शिलान्यास गरेका हुन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा ब्लकको निर्माण ८८ लाख ५१ हजार ९०६ रुपैयाको लागतमा ५ कोठे इमरजेन्सी ब्लक निर्माण हुनेछ । भवन अभावमा उपचार सेवा प्रभावित हुँदै आएको थियो । इमरजेन्सी सेवाका लागि बाहिर जानुपर्ने बाध्यता अब हट्ने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।

उनका अनुसार १२ लाख ७२ हजार ४१३ रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण हुनेछ । दलित बस्तीमा विवाह, ब्रतबन्ध, उत्सवमा वा कुनै कार्य गर्न भवनको अभाव भईरहेको महसुस गरी सामुदायिक भवन निर्माण गर्न लागेको उनले बताए ।
दुईटै योजना अगामी जेष्ठ महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राज किशोर साह, वडा अध्यक्षहरु, समाजसेवी र स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७९ फाल्गुन ९, मंगलवार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ