अख्तियारले थाल्यो राजविराज नगरपालिकामाथि अनुसन्धान


लहान । राजविराज नगरपालिकामा ऐन–नियम मिचेर तोकआदेशकै भरमा कर्मचारी नियुक्तिमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामाथि अनुसन्धान थालेको छ ।

‘भ्रष्टाचारमा मेयर निलम्बित, उपमेयर र प्रशासकीय अधिकृत तोकआदेशमा कर्मचारी भर्ना गर्दै’ शीर्षकमा प्रकाशन गरेपछि अख्तियारको इटहरी कार्यालयले छानबिन सुरु गरेको हो ।

‘नयाँ पत्रिकाको २३ माघको न्युजका आधारमा छानबिन सुरु भएको छ,’ कार्यालयका एक कर्मचारीले भने, ‘कागजात उपलब्ध गराइदिन नगरपालिकालाई पत्र पठाएका छौँ ।’

राजविराज नगरपालिकामा ऐन–नियम मिचेर तोकआदेशकै भरमा कर्मचारी नियुक्त गरिएको छ । खुला प्रतिस्पर्धा नगराई नगरपालिकाले ऐन–नियम मिचेर तोकआदेशका आधारमा करारमा कर्मचारी नियुक्त गरेको समाचार नयाँ पत्रिकाले प्रकाशन गरेको थियो ।

प्रकाशित : २०७९ फाल्गुन १०, बुधबार १४:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ