उपराष्ट्रपतिमा लफडा : जसपा र नागरिक उन्मुक्ती पार्टीको उम्मेदवार मैदानमा उत्रे


काठमाडौं । जसपाले ९ दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिने भनिएकै बेला नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको छ । सो पार्टीको संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता चौधरीलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको दलको बैठकले रञ्जितालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । आजै बिहानमात्र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि जसपालाई उपराष्ट्रपति दिने निर्णय नभएको बताएका थिए ।

जसपाले भने उपराष्ट्रपतिमा बारा २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा उपेन्द्र यादव उपचुनाव लड्ने तयारीमा छन् ।

प्रकाशित : २०७९ फाल्गुन २६, शुक्रबार १३:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ