उपराष्ट्रपतिको उम्मेदवारीले सत्ता गठबन्धनमा किचलो, आज उम्मेदवारी फिर्ता


काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ९ दलीय सत्ता गठबन्धनभित्र उपराष्ट्रपति पदको उम्मेदवारीले किचलो देखिएको छ ।

राष्ट्रपतिमा गठबन्धनबाटै रामचन्द्र पौडेल निर्वाचित भए पनि उपराष्ट्रपतिमा सहमति जुट्न सकेको छैन । उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट ३ जनाको उम्मेदवारी परेको छ भने एमालेका १ जनाको उम्मेदवारी छ ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट २ र जनमत पार्टीबाट १ गरी ३ जनाको उम्मेदवारी परेको छ । आगामी चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । उम्मेदवारको नाम फिर्ता र अन्तिम नाम प्रकाशन आज आइतबार हुँदैछ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायत ९ दल रहेका छन् ।

प्रकाशित : २०७९ फाल्गुन २८, आईतवार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ