सिरहा क्याम्पसमा भोली उम्मेदवारी दर्ता हुने, हेर्नुहोस् नयाँ निर्वाचन तालिका


सिरहा । सिरहा सदरमुकामस्थित श्री सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखि क्याम्पसमा स्व.वि.यू. निर्वाचनका लागि भोली उम्मेदवारी दर्ता हुने भएको छ ।

नेपाली काँग्रेस, जसपा र नेकपा एस निकट विद्यार्थीहरुले क्याम्पसमा गरेको तालाबन्दीका कारण यो क्याम्पसमा हिजो उम्मेदवारी दर्ता हुन सकेन । हिजो विवाद समाधान पश्चात स्ववियू निर्वाचन समितिले आज निर्वाचनका नयाँ तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार उम्मेदवारी दर्ता भोली हुने र मतदान भने अगामी चैत ५ गते नै हुनेछ । उम्मेदवारी दर्ताका लागि विहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

स्ववियू निर्वाचनमा पनि सत्तारुढ गठबन्धन निकट विद्यार्थीहरु केहि क्याम्पसमा तालमेल गरी उम्मेदवार खडा गरेका छन् । तर यहाँ अहिलेसम्म तालमेल हुने सम्भावना नदेखिएको विद्यार्थी नेताहरु बताउँछन् ।

प्रकाशित : २०७९ फाल्गुन २८, आईतवार १०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ