एक लाख रुपैयाँसहित चारजना जुवाडे पक्राउ


कैलाली । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमाबाट प्रहरीले एक लाख रुपैयाँसहित चार जना जुवाडे पक्राउ गरेको छ ।

चन्द फास्टफुडको कोठामा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पक्राउ पर्नेमा वीरेन्द्र चन्द, शेरबहादुर थापा, धन बहादुर खड्का र खडग बहादुर महरा रहेको प्रवक्ता चन्दले बताए । पक्राउ परेका एक जना फास्टफुड सञ्चालक हुन् ।

उनीहरुको साथबाट प्रहरीले एक लाख चार हजार रुपैयाँ समेत बरामद गरेको छ ।

https://www.youtube.com/watch?v=Wr6S9mYJAbA&t=1s

प्रकाशित : २०७९ फाल्गुन २९, सोमबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ