पेट्रोलियम पदार्थको भाउ घट्यो !


काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयाल निगमलाई पठाएको नयाँ मूल्यअनुसार घटेर आएको हो ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलको प्रतिलिटर १.७४ रुपैयाँ मूल्य घटेर आएको बताए ।

हाल नेपाली बजारमा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँ र पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैयाँ बिक्री भइरहेको छ ।

प्रकाशित : २०७९ चैत्र २, बिहीबार १५:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ