नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई ९ रनले हराएर पुग्यो विश्वकपमा


काठमाडौं । आईसीसी विश्वकप लिग टूअन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा यूएईविरुद्धको खेलमा नेपाल ‘ब्याक लाइट’का कारण ९ रनले विजयी भएको छ ।

जितसँगै जिम्बाबेमा हुने विश्वकप ग्लोबल छनोटमा नेपालले स्थान बनाएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोट आगामी जुनमा हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार यूएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको थियो । खराब मौसमका कारण ४५ ओभरपछि खेल हुन नसकेपछि डक वर्थ लुइस (डीएल)का आधारमा निर्णय लिइएको हो ।

कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्शन झाको अर्धशतकले नेपालले आज यूएईलाई पराजित गरेको हो ।

प्रकाशित : २०७९ चैत्र २, बिहीबार १७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ