जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए


जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेण्ट डा. प्रमोद कुमार यादवालाई मन्त्रालयमा तानिएको छ ।

मधेश प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक अस्पतालका मेसु डा. यादवलाई सामाजिक विकास मन्त्रालयमा तानिएको निर्णय गरेको मुख्यमन्त्री सरोजकुमार यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

प्रादेशिक अस्पतालको जिम्मेवारीमा रहँदा पनि कार्यालयमा अनुपस्थित देखिनु लगायतका लापरवाही गरेको भन्दै उनलाई कारबाही गरिएको बताइएको छ । केही दिन अघि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधाममा छड्के निरीक्षण गरेका थिए । सो निरीक्षणको क्रममा मेसु डा.यादव अनुपस्थित थिए ।

केहीदिन यतादेखि अस्पतालबारे व्यापक जनगुनासो आउन थालेपछि प्रदेश सरकार अस्पतालको गतिविधिलाई नजिकबाट नियाल्दै आएको छ । सो क्रममा मेसु डा. यादवले लापरवाही गरेको देखिएकोले उनलाई कारबाही स्वरुप मन्त्रालय तानिएको सल्लाहकार अग्रहरीले बताए ।

प्रकाशित : २०७९ चैत्र १०, शुक्रबार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ