औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन


सिरहा । सिरहाको औरही गाउँपालिका ५ स्थित गाउँपालिकाको भवन निर्माण स्थलमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुने भएको छ ।

गायत्री यज्ञ समिति औरहीको आयोजनामा यही चैत २६ गतेबाट महायज्ञ हुन लागेको हो । महायज्ञका लागि भोली आईतवार विहान ८ बजे भूमि पूजनको आयोजना गरिएको छ ।

भूमि पूजनमा सहभागीका लागि सम्पूर्ण गायत्री परिवार र औरहीबासीसँग गायत्री परिवार तथा औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले आग्रह गरेका छन् ।

प्रकाशित : २०७९ चैत्र ११, शनिबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ