सिरहा । क्याम्पस निर्माण गर्ने उदेश्यले सिरहाको बरियारपट्टीमा श्री श्री १००८ श्री विष्णु महायज्ञ आजबाट सुरु हुँदैछ ।
महायज्ञको आज जसपा नेता तथा संघीय साँसद राजकिशोर यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोह आज दिउँसो १ बजे राखिएको छ । यसअघि विहान कलशयात्रा निकाल्ने तयारी गरिएको छ ।
महायज्ञको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ल्याउने भनेर पूर्वसाँसद सुरेशचन्द्र दासले हल्ला फैलाएका थिए । तर प्रधानमन्त्री प्रचण्ड नआउने भएपछि प्रमुख अतिथि साँसद यादवलाई बनाएको छ ।
महायज्ञका लागि ठूलो राशि चन्दा उठेको छ । अहिले चन्दा संकलन जारी रहेको आयोजकले जनाएको छ । क्याम्पसका लागि महायज्ञमा पुरा गाउँले पूर्णरुपमा सहयोग गरिरहेका छन् ।