राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल


सिरहा । जनता समाजवादी पार्टीका नेता सुरेश मण्डलले राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

मधेश प्रदेशका पूर्वराज्यमन्त्री समेत रहेका नेता मण्डलले सामाजिक सञ्जालमा स्टाटस लेखेर मुलुक संकटतर्फ गइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

आर्थिक क्षेत्रहरु दिन प्रतिदिन धारासायी हुनु, बित्तिय संस्थाहरु प्यारालाइज्ड हुँदै जानु, आर्थिक कारोबार ठप्प हुनु, राजश्व दिन प्रतिदिन ओरोपाल लाग्नु, उत्पादन लगभग शून्य हुनुलाई नेता मण्डलले राष्ट्रिय संकटको पूर्व संकेतहरु भनेका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा समेत खतरामा रहेकाले यस्तो संबेदनसिल अवस्थामा पार्टी भन्दामाथी उठेर राष्ट्रिय सहमति कायम गरि राजनीतिक स्थायित्व र आर्थिक सुदृढीकरणका लागि अगाडि बढनु श्रेयकर हुने बताएका छन् ।

प्रकाशित : २०७९ चैत्र १२, आईतवार १०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ