जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन


जनकपुरधाम । रामनवमीको अवसरमा हिन्दू सम्राट सेनाले आज जनकपुरधाममा घरेलु हतियार तलवारसहित शक्ति प्रदर्शन गरेको छ ।

धनुषाको लक्ष्मीनिया गाउपालिकाबाट हिन्दू सम्राट सेनाका यूवाहरुले प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनमा भगुवा रंगको लुगामा सजिएका सयौं यूवा सहभागी बने । तलवार समेत प्रदर्शन गर्दै उनीहरु जनकपुरधामको परिक्रमा गरेका छन् ।

जय श्रीराम, हिन्दू राष्ट्र कायम गर जस्ता नारा समेत प्रदर्शनमा सहभागी यूवाहरुले लगाएका थिए । हिन्दू धर्मको संरक्षणका लागि ’हिन्दू सम्राट सेना’ बनेको प्रदर्शनमा सहभागी एक यूवकले बताए ।

रामनवमीको अवसरमा आज मधेशका जिल्लाहरुमा हिन्दूवादी संघ संस्थाहरुले शोभायात्रा निकालेको छ । रामनवमी मनाउन मधेस सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

प्रकाशित : २०७९ चैत्र १६, बिहीबार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ