औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञको तयारी तीब्र


सिरहा । औरही गाउँपालिका वडा नम्बर ५ औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ आयोजना हुने भएको छ ।

चैत २४ गतेदेखि सुरु हुने महायज्ञ चार दिनसम्म चल्नेछ । यतिबेला महायज्ञको तयारी तीब्र गतिमा भइरहेको छ । गाउँपालिका अध्यक्ष शिवजी यादव समेत महायज्ञलाई भव्य र सभ्य बनाउन खटिरहेका छन् ।

अन्धविश्वास र कुप्रथाको अन्त्य, नशालु पदार्थको नियन्त्रण र हरेक परिवारमा सुख शान्ति र समृद्धि प्राप्तीका लागि महायज्ञको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

यस्तो छ कार्यक्रम

महायज्ञको पहिलो दिन चैत्र २६ गते विहान समुद्घाटन समारोह हुनेछ । त्यसपछि कलशयात्रा निकालिनेछ । सोही दिन साँझ ५ बजेदेखि युग संगित एवं कथा वाचनको कार्यक्रम तय गरिएको छ ।

दोस्रो दिन चैत्र २७ गते विशिष्ट देवपुजन, यज्ञ र युग संगित तथा कथा प्रवचन, तेस्रो दिन चैत्र २८ गते देव पुजन, यज्ञ एवं विभिन्न संस्कार, युग संगित, कथा वाचन र विराट दीप यज्ञ आयोजना गरिनेछ ।

चौथो दिन अर्थात् अन्तिम दिन चैत्र २९ गते देव पुजन, यज्ञ र विभिन्न संस्कार टोलीको विदाई समारोह आयोजना गरिनेछ ।

 

प्रकाशित : २०७९ चैत्र २३, बिहीबार ०९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ