महोत्तरीका युवकले पैसा बिछ्याएर टिकटक बनाएपछि प्रहरीले…


महोत्तरी । पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले सचेत गराएको छ ।

पैसा बिछ्याएर सुतेको भिडिओ सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले ती युवकलाई बोलाएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

‘गुनासो आएपछि हाम्रो ध्यानाकर्षण भयो। खोजी गरी को हो भन्ने पत्ता लगायौं,’ उनले भने, ‘बोलाएर सचेत गराएका छौं ।’

महोत्तरी बर्दिबास-१ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका ५ टीकाथली बस्ने बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्यलाई प्रहरीले बोलाएको हो ।

सोधपुछ गर्दा उनले विदेश पढ्न जानका लागि कलेजलाई बुझाउन पर्ने पैसा रमाइलो गर्न खाटमा बिछ्याएर भिडिओ बनाएको बताएका छन् ।

अबदेखि त्यस्ता खालका भिडिओ बनाएर अपलोड नगर्ने शर्तमा आचार्यलाई छाडिएको डिएसपी साहले बताए । उनीमाथि प्रहरीले केहीदिन निगरानी राखिने उनले बताए ।

प्रकाशित : २०७९ चैत्र २३, बिहीबार १८:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ