रौतहटमा ब्यूटीपार्लर खोलेर यौनधन्दा, दुई महिला र एक पुरुष पक्राउ


जनकपुरधाम । रौतहटको गौर नगरपालिका १ स्थित साहिबा ब्यूटीपार्लर संचालन गरेर यौनधन्दा चलाएको रहस्य बाहिरिएको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त ब्यूटीपार्लरमा छापा मारेपछि यौनधन्दाको रहस्य बाहिरिएको हो । प्रहरीले यौनधन्दामा संलग्न दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

ब्यूटीपार्लर कसले संचालन गरेको कुरा खुल्न सकेको छैन । उक्त ब्यूटीपार्लरमा जुवा समेत खेलाउने काम भइरहेको थियो । प्रहरीले तास पनि बरामद गरेको छ ।

अगाडी यूवतीको आकर्षक फोटो राखिएको ब्यूटीपार्लरको ब्यानर राखिएको थियो । तर कोठाभित्र ब्यूटीपार्लरको काम भइरहेको देखिएको छैन् । प्रहरीका अनुसार कोठामा यौनधन्दाका लागि बेड लगाएको थियो ।

प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार १६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ