Breaking- जनकपुरमा उपचार गराउँदा गराउँदै कैदी यादव फरार, प्रहरी हैरान


जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एक कैदीबन्दी फरार भएका छन् ।

फरार हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ९ का कृष्ण यादव छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनी फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।

विरामी परेपछि उनलाई जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो ल्याएको थियो । त्यहाँबाट उनी फरार भएका छन् ।

प्रहरीले उनको खोजी सुरु गरेका छन् । तर अहिलेसम्म प्रहरीले कुनै सुराक पाउन सकेका छैन ।

प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ