पाँच बुँदे मागसहित आजदेखि हरवाचरवा अधिकारको यात्रामा


काठमाडौं । पाँच बुँदे मागसहित हरवाचरवा अधिकारको यात्रामा उत्रिएका छन् ।

हरुवाचरवा प्रथा मुक्तिको घोषणा भएको ९ महिना वितिसक्दा पनि सरकारले पुनःस्थापनाको कार्य अगाडि नबढाएको भन्दै उनीहरु अधिकारको यात्रामा उत्रिएका हुन् । उनीहरु आजदेखि २८ गतेसम्म मधेश प्रदेशमा हरवाचरवा अधिकार यात्रा २०७९ मा उत्रिएका हुन् ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्च, केन्द्रीय कार्य समिति लहानले राष्ट्रिय दलित नेटवर्क (आरडीएन) नेपाललगायत संघसंस्थाको सहकार्यमा यात्रा अधिकार यात्रा निकालिएको हरुवाचरुवा राष्ट्रिय अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए ।

उनका अनुसार मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ लहान र वीरगञ्जबाट एकसाथ जनकपुरसम्मको यात्रा निकाल्न लागेका हुन् ।

नेपाली काँग्रेसका सभापति एवम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । घोषणाको समयमा नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनर्स्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन हुने अपेक्षा गरेका थिए । तर त्यो सरकारले पुरा नगरेपछि उनीहरु सरकारसँग असन्तुष्ट हुदैँ यात्रामा उत्रिएका हुन् ।

हरवाचरवामा जागरण ल्याउन र सरकारलाई माग पूरा गराउन दबाब दिने उद्देश्यले यात्राको आयोजना गरिएको मञ्चका अध्यक्ष मण्डलले बताए । उनका अनुसार यात्राका क्रममा हरवाचरवाको बाहुल्य रहेका स्थानीय तहमा गएर प्रुमख तथा अध्यक्षबाट प्रतिबद्धता लिने, हरवाचरवा बस्तीमा गई ज्ञापन पत्रमा हस्ताक्षर संकलन गरिने छ ।

यस्तै हरवाचरवाबाट संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापन पत्र मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम मण्डलले बताए । हरवाचरवा अधिकार यात्राका यस्ता छन् पाँच बुदेँ माग :

प्रकाशित : २०७९ चैत्र २५, शनिबार १४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ