उपराष्ट्रपति यादव गायत्री महायज्ञको उद्घाटन गर्न औरही आउँदै


सिरहा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव गायत्री महायज्ञको उद्घाटन गर्न सिरहाको औरही आउने भएका छन् ।

औरही गाउँपालिका ५ स्थित औरही अस्पताल अगाडी भोली (चैत्र २६)देखि २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ शुभारम्भ हुन लागेको छ । उक्त महायज्ञको उद्घाटन गर्न उपराष्ट्रपति यादव आउन लागेका हुन् ।

भोली विहान ७ बजे उपराष्ट्रपति यादव महायज्ञको उद्घाटन गर्ने कार्यक्रम तय भएको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले जानकारी दिए । उनका अनुसार महायज्ञको उद्घाटन पश्चात भोली विहान नै कलशयात्रा निकालिनेछ ।

अध्यक्ष यादवले महायज्ञको उद्घाटन समारोह र कलशयात्रामा सहभागीताका लागि सबैसँग अनुरोध गरेका छन् । उनका अनुसार महायज्ञ चैत्र २९ गतेसम्म चल्नेछ ।

https://www.youtube.com/watch?v=OX8BNt4ptGU

प्रकाशित : २०७९ चैत्र २५, शनिबार १५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ